गजल-११, हेम सरोवर

बाच्नलाई त कुनै बलियो आधार हुनुपर्छ ।
तिमी भन्छौ मलाई बाच्न सँसार हुनुपर्छ॥

बाहिरी आकर्षण सधै उस्तै कहाँ हुन्छ र।
तर मन भित्र मनहरुको सँचार हुनुपर्छ॥

मैले कत्रो दुखले आर्ज्याको जिन्दगी हो यो।
भन्नेहरु भन्छन कुनै चमत्कार हुनुपर्छ॥

जाबो पत्थरले यो दिल यति दुख्दैन साथी।
सायद फुलहरुको बलियो प्रहार हुनुपर्छ॥

रदिफ काफिया मिलाएर त जस्ले पनि लेख्छ।
तर गजलमा लय र भाव दमदार हुनुपर्छ ॥
*********************
हेम सरोवर साउँद,डोटी
हाल: भारत
२०१३/०९/१३

No comments: