गजल: राम चाहियो
स्रष्टा: सुर्यप्रकाश भुसाल
यहाँ नेपालको आफ्नै नाम चाहिएको छ।
हरेक नागरिकलाई काम चाहिएको छ॥
खै के बार्ता हुन्छ दिनहुँ बन्द कोठा भित्र।
कोहीलाई राज्य कोहीलाई गाम चाहिएको छ॥
यति धेरै भ्रष्टाचार बढ्दै गयो कि यहाँ।
जन्मदर्ता गर्दासमेत खाम चाहिएको छ॥
छोड यार सिंगापुर र स्विस बनाउने कुराहरु।
साँझ बिहान खान पुग्ने माम चाहिएको छ॥
गाली गर्नु पहिले देशलाई माया गर्न सिकौ।
हजार नेता हैन एउटा राम चाहिएको छ॥
-सुर्यप्रकास भुसाल
गैडाकोट नगरपालिका-६, नवलपरासी
साहित्यिक चौतारी
स्रष्टा र पाठक वर्गको साझा चौतारी
तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।
तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।
No comments:
Post a Comment