निधारमा चन्द्रमा टिको सजाएर
हेम्मारी र पटुकीले
शाहस बाँधेर
ठूली निस्कन्थी
गाइे,बस्तुलाई
खानपिनको जोहो गर्न
एक्लासे बनमा ।
अँह!!!रत्तिभर उस्लाइे
डर थिएन
न,त त्राष नै थियो
कुनै भयको,
हो…
म त्यो समयको
कथा लेख्दैछु ,
जहाँ,जतिबेला ठुलीहरु
बेपर्वाहसँग कम्मरमा
हँसिया र कचिया भिरेर
अनकण्टार जङल पस्दथे
पुर्वेली र हाक्पारे भाकामा
सुसेल्दै घाँसका डाली डालीमा
डाँफे चरी झैँ नाँच्दथे ।
हो…
त्यो समय ठुलीहरु
शाहसको सास फेर्दै
घाँसको भारिसँग
लाप्पा खेल्दथे,
जंगलका मैमत्ता
जनवारहरुसँग पनि निडरताको
हैकम चलाऊँथे
तर…अफ्सोच!!!
यो समयका ठुलीहरुका
शाहस र आत्मबललाइे
घर,आँगनकै मान्छेरुपी
पशुहरुले क्षतबिक्षत
बनाइेदिएको छ
अनकण्टार जङलको त के कुरा ?
आफ्नै कोठाको अन्धकारले
उनिहरुको शाहसिकपनलाई
खर्लप्प निलेको छ
हाक्पारे र पुर्वेली गाना शुसेल्ने
कण्ठहरु त रोदन र पीडाले
शुष्क बनेर भासिएको छ ।
त्यस्तै…
निधारमा चन्द्रमा सजाउने
चाहनाहरुमा कालो ग्रहण
लाग्न थालेको छ,
हरे! समयको अन्तरालले
अहिलेका ठुलीहरुलाई
काँतर र कम्जोर बनाएको छ
ती बिदुषीका छोरीहरुलाई
पराजित हुन बिवस बनाएको छ
तरै…,पनि हार्न असमर्थ छन्
यो समयका ठुलीहरु
अतितमा आफ्ना आमाहरुले
भोगेका समयहरु समेटेर
आ-आफ्ना पोल्टामा
पोको पार्न,
अनि
बर्तमानमा भएका
आफ्नै घर,आँगनका
अनकण्टार झाडीहरु माँस्न
र सुरक्षाको जीवन जिउन
No comments:
Post a Comment