गजल: तिम्रै नाउँमा
गज�लकार: गरिमा (@iGarima1 on Twitter)
_____________
तिम्रै नाउँमा आज एउटा गुलाव पठाकी छु।
संगै एउटा चिट्ठीमा जवाफ पठाकी छु ॥
हदै पार गर्यो अरे मेरो पागलपनले।
घरी रुने घरी हाँस्ने, स्वभाव पठाकी छु॥
मेरो मुटु लिन आउनु तिम्रो ब्यापार घाटा भए।
लीलामी नै गर्यौ माया, हिसाब पठाकी छु ॥
उभिन्छौ त भन एक ताल प्रेमिल कठ्घरामा ?
खुशी हुनु तिम्रै भागको निसाफ पठाकी छु ॥
❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
No comments:
Post a Comment