गजल: स्वार्थले भरिएको बिरानो सहर रहेछ

गजल: स्वार्थले भरिएको बिरानो सहर रहेछ
- शेर्पिनी कान्छी 'निम'

स्वार्थले भरिएको, बिरानो सहर रहेछ ।
हेर्दा रमाइलो भित्र, उजाड बगर रहेछ॥

मनको दुख बिसाउने कुनै ठाउ पाइन ।
मन्दिर गए मुर्ति होइन पथ्थर रहेछ॥

बटुवाले सोच्यो यात्राको अन्त्य कहा होला ।
अरे जीवन यहा नटुङ्गिने सफर रहेछ॥

एउटा बन्द खाम आयो खोल्न कर लाग्यो ।
त्यस लिफाह भित्र नराम्रै खबर रहेछ॥

सोच्दैछु आजभोलि मुटु किन दुख्दैछ ।
आफ्नाले दिएको चोटको असर रहेछ॥

**************
- शेर्पिनी कान्छी 'निम'
हाल: बिरानो सहर इजरायल
Facebook: शेर्पिनी कान्छी

धन्यवाद!

No comments: