Showing posts with label निबन्ध. Show all posts
Showing posts with label निबन्ध. Show all posts

निबन्ध: असमर्थ

निबन्ध: असमर्थ

स्रष्टा: अज्ञात

आज जिन्दगीमा पहिलो पटक मलाई हारेको महशुस भयो । हुन त धेरै पटक म धेरै कुरामा असफल हुँदै आएको उदाहरण होलान र सबैजनाको यस्ता कैयौँ उदाहरण हुन्छन् । यदि सफल भैदिएको भए त्यो आत्मबृतान्त बनेर पुस्तकमा सजिलै भेट्न सकिन्छ तर असफ उदाहरणको महत्व नै कहाँ हुन्छ र ? तर कुनै घट्ना यस्तो हुँदा रहेछन् जसले भित्रै देखी हार हार भन्ने आवाज सहित हारेको खतरनाक चोटको महशुस हुँदो रहेछ । आज मलाई साँच्चै हारेको अनुभव भएको छ । हार के हो मैले आज भित्रबाट अनुभव गरेको छु । म हारेकोमा कसैको नजाँनिदो जित छ त्यहाँ । तर यो जित त्यस्तो खाले जित हो जसले उसलाई तत्काल जितको आनन्द त देला तर उसलाई पनी थहा नहोला की यो उसको पनि अप्रत्यक्ष रुपमा ठुलो हार हो यो । यो जितको लागी उसले जिन्दगीमा ठुलो कुरा दाउमा राखेको छ ।

आज शुक्रवारको दिन वि.सं. २०७२ शालको वैशाख महिनाको ४ गते । मेरो चाहना थियो कि म भोली माता तिर्थ औशीँको दिन आमाको मुख हेरेर मेरो दिनको शुरवात गरौँ भन्ने । तर आज एक दुई जना दुःखी आत्माको कारण बाट मेरो यो चाहना सफल हुन पाएन । खैर म यो घट्नालाई त्यस्तो धेरै विश्लेषण गरी रहन सक्दिन पनी र चाहन्न पनी ।

सानो छँदा लाग्थ्यो कि पैसा जाबो कुरा ठुलो भएपछि मनग्गै कमाएर म यसो गर्छु म त्यसो गर्छु । बिस्तारै उमेर बढ्न थाल्यो , फेरी यो समय भन्ने कुरा कस्तो तिलस्मी हुँदो रहेछ भने बितेको त थाहा नै नहुने । कति खेर लगेर कुन मोडमा नराम्ररी पच्छार्छ नपच्छारीन् ज्याल सम्म थाहा नहुने र पच्छारी सकेपछीको त्यो मुर्मुर्याउदो पिडाले जब पिडित भईन्छ तब यो संसार कि त बिरानो जस्तो लाग्छ , कि त धेरै नै प्यारो । जसलाई संसार बिरानो लाग्छ त्यो ब्यक्ती यो संसारमा टिक्न सक्दैन र जसलाई संसार प्यारो लाग्छ उसले यो संसारमा बिरानो ब्यक्तीलाई टिक्न दिँदैन ।

तर मलाई अचम्म लागी रहेको छ । नत मलाई यो समयले दिएको पिडाले छट्पटिने गरी सताएको छ , न त ति दुःखी आत्माहरु सँग रीस नै उठेको छ । बरु एकछिन पछि सम्हालीएर म केहि लेख्ने कोसीश गरीरहेको छु र मैले यो समय बाट केहि कुरा सिक्न पो सक्छु कि भनेर आजको मेरो हारका प्रत्येक कारणहरु र मलाई धोका दिने ब्यक्तीहरुको आनन्दलाई महशुस गर्न खोज्द्रै छु । किनकी मैले यती ठुलो हार भोगे बापत उनीहरुले जसरी पनि ठुलो उपलब्धि हाँसील गर्नु जरुरी छ । यदि उपलब्धि हाँसील गर्न सकेका रहेनछन भने त्यो मेरो हारको उपलब्धि उनिहरुले प्राप्त गर्न नसकेको मात्र होइन ती जती खतम र असफल म (हारेको ब्यक्ती पनी ) हुन सक्दिन । किनकी यो उनिहरुले मलाई दिएको चोट मात्र होइन एउटा बदलाको भावना पनी उजाग्रीत गराएका छन् । तर म तिनीहरु सँग बदला लिने सोचमा छुइन । तिनीहरुलाई यो समयको साहरा लिएर म कुनै पाठ चै पक्कै पढाउँनेछु ।

संसार विचित्रको छ । सबै जना कागज रुपि त्यो शतिmशाली पैसाको पछि लागेका छन् । मैले सोचेँ अहँ म त्यो पैसाको पछाडी भाग्दिन मलाई पैसाको खासै जरुरी छैन । म खुसी र सन्तुष्टिको खोजीमा हिड्छु आदी इत्यादी तर आजको यो समय परिस्थितीमा आएर यस्तो खालको उद्देश्य राख्ने मात्र होइन कुरा गर्दा पनि मान्छेले यो समाजले त्यस्ता ब्यक्तीलाई पागल भनिदिन्छन् । बास्तवमा आदर्शवादको शिद्दान्तलाई पहिल्याएर यो समाजमा आदर्शको ब्यक्ती हुन त टाढाको कुरा सामान्य मानिस जतीको पनि भाउ रहँदैन रैछ । यो संसारमा पैसा कमाउने हो भने आदर्शवादलाई त्याग्नु त छँदैछ चाप्लुसीको पाठ पढेर त्यसमा पनि अब्बल नतिजा सहित प्रथम श्रेणीमा उतिर्ण हुनु जरुरी रहेछ ।

आदर्शको ब्यक्ती हुन नचाहने खासै नहोलान । तर पनि यो समय परिस्थितीमा आएर त्यस्तो ब्यक्तीको अभाव सड्किन थालेको छ । भित्रबाट मैला भएको ब्यक्तीले आदर्शको खोल ओड्दैमा त्यो व्यक्ति आदर्शको पात्र हुन कदापी पनी सक्दैन । समाजले माने पनि मैले यदि त्यस्ता ब्यक्तीको बारेमा सबै झुटा असलीयत थापाएपछी मान्न सक्दिन । सायद यो लेख मन पराएर पढ्नु भएको हजुर हरु पाठकले पनि मान्न सक्नु हुन्न होला यदि त्यस्ता ब्यक्तीलाई बाहिरी भलाद्मी रुपी त्यो सफा खोल बिनै देख्ने मौका पाउनु भयो भने । तर अब आदर्शलाई पच्छाउन पनि हल्का दाउ पेचको जरुरी परेको मैले महशुस गर्न थालेको छु । किनकी यो समाजमा यदि कसैले भलो गर्न चाहन्छ भने , भलो गर्न खोज्नेको दाँजोमा कुभलो गर्न खोज्ने ब्यक्ती बढि हुँदारहेछन् । देखीएको कुरा एउटा हुन्छ तर बास्तवमा भित्री कुरा अर्कै । इनै कुराहरु यहाँ अचम्म लाग्दा छन् ।

हामिलाई जन्माउने अविभावकले हाम्रो अस्तित्वको योजना गरेको दिन देखी , हामी जन्मने दिनको शुभ सहित सम्म पनि पैसाकै महत्वपुर्ण भुमीका रहेको हुनुपर्छ । किनकी अविभावकले हाम्रो अस्तित्वको योजना गरेको दिन भन्दा धेरै दिन अघि नै पैसाको जोर जाम हुन थाल्दछ । त्यहाँ कति धेरै त्याग र तपस्याको उत्पति भएको हुनु पर्दछ । आज म मेरो लागी त्यो त्याग र बलिदान गर्ने अभिभावकलाई भेट्न जान्छु भन्दा त्यै पैसा रुपी कागजले मेरो चाहनाको प्राप्तिको बाटोमा खाल्डो खन्ने काम गरेको छ ।

आज मैले त्यो कागजको महत्व बुझेको छु र आज म त्यो पिडालाई भित्र मन देखी नै महशुृस गरेर छटपटाउन चाहान्छु । भित्र बाट न्वारन देखि कै बल लगाएर म चिच्याउन चाहान्छु । एक एक पिडालाई कहिल्यै नविर्सन सक्ने गरी नशा नशा मा सुरक्षित साथ सक्षेंप गरेर राख्न चाहन्छु । अर्को मन बाट सोच्छु फेरी पैसा कमाउने यो दाउमा मेरो जिन्दगी त्यो तिलस्मि समय सँगै नबगोस भनेर । मैले यो संसारमा जन्म लिइ सकेपछि मैले होस नसम्हाले सम्म के गरे ? त्यसले खासै प्रभाव पार्न नसक्ला तर होस सम्हाली सकेपछि पनी कती यस्ता प्रहर हरु छन होला मैले जसलाई चाहेर पनि जिउन नसकेको हुम्ला । खासमा ती प्रहर हरु मैले चाहँदा चाहँदै पनि कति आफ्नै भविष्यको लागी र कति त्यै भविष्य बनाइदिन चाहने अविभावकको सपना हरुको लागी त्यग्दै आएँ । तर पछि फेरी एउटै कुराले मात्र मलाई पिरोल्न थाल्यो के मैले यो संसारबाट मैले जिन्दगी भरी भेला पारेको कुरा मध्ये बाट केहि कुरा पछि मरेपछी लिएर जान सक्छु त ? त्यसको उतर खोज्नु र उल्लेख गर्नु पनि खासै जरुरी छैन ।

अब कुरा त्यहिँ छ । जब म जिन्दगी भरी भेला पारेको कुरा लिएर जान सक्दिन भने त्यसलाई भेला पार्न किन मैले आफ्नो सिमीत समय खेर फाले त ? बरु भेला पार्नुको सटा कसैलाई केहि दिन सकेको भए त्यसबाट केहि उपलब्धि हुन्थ्यो कि ? तर दिने कुरा गफमा रमाइलो लाग्छ तर त्यसको लागी साहस र क्षमताको जरुरी पर्दो रहेछ । म धन सम्पतिको बिरोधि होइन न त कमाउनु गलत हो भनेर प्रमाणित गर्न नै खोजेको हूँ मैले । आज मात्र मलाई थहा भो जिन्दगी जिउन पनि पैसा कमाउनु पर्ने रहेछ भनेर । सायद म सँग आजको मितीमा पैसा मात्र हुन्थ्यो भने म कम्प्युटरमा आफ्नो व्यथाको वर्णन गर्नुको सटामा गाडिमा आन्दले भोलीको कल्पनामा शयर गरी रहेको हुन्थे होला । के मैले यो सस्तो सपना पुरा गर्न नसक्नु मेरै गल्ति होइन त? सस्तो सपना देखेर पनि पुरा गर्न असमर्थ हुनु यो मेरो गल्ति भन्दा पनि कमजोरी हो । यो मेरो असमर्थता हो जुन पैसाको कारणले पैदा भएको छ ।

आजको हार यदि पैसाकै कारणले भएको हो भने कसम लक्ष्मि माताको म यस्तो हार अब हुन दिने छैन । पैसाको खोजिमै यदि जिन्दगी बित्छ भने बितोस् । तर मेरो भावना मेरा यी सस्ता उद्देश्य र चाहना पैसाको कारणले भताभुङ्ग नहोस् ।

मलाई थाहा छ खासमा गल्ति मेरै हो पैसा कमाउने उद्देश्य मैले पनि राख्न सक्थे तर राखिन् किनकी म खुसी हुन सानो कारण भए हुन्छ जुन सस्तो र सुलब छ भन्ने सोच थियो मेरो । तर आज त्यो सस्तो सपनाको मुल्य चुकाउन असमर्थ भएकै कारण म जिवन लाई आफ्नो अनुकुल जिउन असफल भएँ , म सँग पैसा नभएकै कारणले कसैको आश गर्न मजबुर भएँ । जस्ले गर्दा म आज निराश भएँ । हो म आज असमर्थ भएँ ।


सूचना: निबन्धकारले नाम, ठेगाना र तस्विर उपलब्ध नगराउनु भएकोले यस पोस्टमा उल्लेख गर्न सकेनौँ। अब देखि स्रष्टाको परिचय नखुलाइएको कुनै पनि रचनाहरू प्रकाशन गर्न हामी बाध्य हुने छैनौँ।


साहित्यिक चौतारी

साहित्यिक चौतारी

स्रष्टा र पाठक वर्गको साझा चौतारी


  • तपाईँका साहित्यिक लेख/रचनाहरू इमेल मार्फत पठाउन यहाँ क्लिक गर्नुहोस।

  • तपाईँ हामीलाई फेसबुकमा पनि पठाउन सक्नुहुन्छ।

    Find us on Facebook


निबन्ध: आस्था आँसु संग बर्सियो र साहित्यकार झमक घिमिरेको जीवनी

साहित्यकार: झमक घिमिरे
कृति: जीवन काँडा कि फूल
निबन्ध: आस्था आँसु संग बर्सियो
र साथमा उनको संक्षिप्त जीवनी

       आस्था आँसु संग बर्सियो
    म सँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ
पनि आफ्नै, बुझाइ र सोचाइ पनि आफ्नै, म बाँच्न
पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे,
कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन,म
मेरै शैलीमा बाँच्न खोजेँ र नै जिन्दगीमा धेरै रोएँ। यो संयोग हो मेरो जन्म आकाश रुने
समयमा भएको रहेछ । मान्छेले पसिना बगाउनुपर्ने
समयमा भएको रहेछ अनि मानो खाएर मुरी उब्जाउने
समयमा भएको रहेछ । मैले आमालाई
यही समयमा दुःख दिएँछु । घरमा काम गर्ने
बुहारी यो मौसममा सुत्केरी बनेर
बस्दा पुराना सासूहरूले के राम्रो मान्थे र ?
त्यसमाथि मेरी हजुरआमा ठकुर्नी परिन् । उनले
त्यो दिन पनि दिनभरि अफिसमा काम गरेर साँझ घर
फर्किएको छोरालाई दैलाबाट भित्र छिर्न नपाउँदै
भनेको थिइन् रे, 'कति न राम्रो कुरो पाई भनेर
फुर्केलास्, मुर्कुट्टी पाएर बसेकी छे ।'
मेरी हजुरआमा त त्यो समयको प्रतिनिधि पात्र
मात्र हुन् । समग्र
नेपाली समाजका महिलाको स्थिति कस्तो रहेछ भनेर
अनुमान गर्ने जिम्मा मैले तपाईंमै छोडेँ । अँ, म
त्यो वर्षा ऋतुको रमझमका कुरा गर्दै छु । हो, मैले
धर्तीमा खसेर पहिलोपटक आँखा खोलेकी रहिछु ।
यो ऋतु मलाई साँच्चै मनपर्छ, जताततै हरियाली,
त्यसमाथि आकाश रोएर भर्खर घाम
देखिएको त्यो रमाइलो क्षण
आफैंमा कति रमाइलो हुन्छ ।
जीवनको प्रारम्भ नै वर्षात्को समयमा भएकाले
पनि होला त्यो आकाशले जस्तै मैले पनि जीवनका धेरै
मोडहरूमा रोइरहनुपर्यो । तर, त्यो आकाश
रुँदा त्यसका थोपा-थोपा आँसुले धर्ती हिलाम्य बनेर
छपक्कै भिज्थ्यो, बोटबिरुवाका जरासम्म पुगेर
चिसोपन दिन्थ्यो र मौलाएर आउँथे बोटबिरुवा,
धरती हराभरा बनेर आउँथ्यो । ठीक त्यसको विपरीत
मेरो मन साह्रो दुखेपछि म रुन्थेँ र आँखाबाट
आँसुको रूपमा दर्द, पीडा बाहिर निस्केर जान्थ्यो ।
त्यसपछि मन हलुका हुन्थ्यो । साँच्चै म
पीडा भोग्नकै लागि त्यससँग संघर्ष गर्नकै
लागि जन्मेकी रहेछु क्यारे । मेरो जिन्दगीले
पीडाबाहेक केही भोग्न पाएन,
आँसुको दलदलको अनुभूति गर्नबाहेक केही पाएन ।
त्यसैले त मलाई पीडा पनि अति मनपर्छ । सायद
मैले जिन्दगीमा धेरैपटक रुनु परेकाले होला मलाई आँसु
पनि मनपर्छ । कसैले नदेखुन्,
आँसुको आहालमा डुब्दाको क्षण रमाइलो लाग्छ ।
विज्ञानले पनि भन्छ, 'मान्छेलाई रुन पनि आवश्यक
हुन्छ ।'
मैले हत्तपत्त रुन कहिल्यै जानिनँ, बालकमा मलाई
सन्तोकी छे भन्थे । मान्छेहरू कति मज्जाले
खेलिरहिछ भन्थे । जब मलाई असह्य
पीडा हुन्थ्यो तब चिच्याएर रुन्थेँ । हो,
रोएपछि मनलाई आनन्द हुन्थ्यो, शीतलताको आभास
हुन्थ्यो । नरुनु रोएपछि बेस्सरी रुनुपर्छ, आँसुसँगै
सारा पीडा बगोस् । त्यसपछि मन फूलजस्तै उन्मुक्त
बनेर हाँसोस् । ओठमा बिलाएको हाँसो पुनः फर्किएर
आओस्, नओभाएका आँखाहरू आँसुको दहमा चुर्लुम्म
डुबेपछि ओभाओस् । म जिन्दगीमा धेरै रोए
पनि हाँसेपछि मज्जाले दिल खोलेर हाँसेँ, रोमान्स
पनि त्यससँग भोगेँ । आँसुसँगै मनका कुविचार,
कुभावनाहरू जम्मै बगेर गए । अप्ठ्यारो समय
चारैतिर पर्खालैपर्खाल उभिएको वेला म
त्यसको विरुद्धमा उभिएकी मलाई आफन्तले, कोहीले
साथ नदिए पनि आफ्नो आत्माले दियो, विचार र
विवेकले दियो । विश्वासले दियो, त्यही बन्द समय,
स्वतन्त्रता-समानताको हक खोसिएको समय
मान्छेको बोल्न-लेख्न पाउने
हकधरी खोसिएको समयमा त्यो समयका आततायी
ऐँजेरुले मलाई चालै नपाई जेलेर सिध्याउन
खोजेका रहेछन् । योजना के बनाइएको रहेछ भने मैले
०५७ सालमै राजा वीरेन्द्र जीवितै हुँदा पाएको 'प्रबल
गोरखा दक्षिण बाहु चौथो' नामक पदक मलाई अझै
दिइएको थिएन, मैले त्यसको खोजी खबर
केही गरेकी थिइनँ, मलाई वास्ता पनि थिएन । किनभने
मैले कहिल्यै पुरस्कार, सम्मान,
पदकको आशा पनि गरिनँ, म
आफ्ना लागि दिनभरि खट्थेँ । त्यसबाट थोरै
पैसा कमाउँथेँ र बचाउँथेँ, त्यसैमा म खुसी थिएँ,
सन्तुष्ट थिएँ, कसैले मलाई योग्य ठानेर पुरस्कार,
मान, सम्मान, पदक दिँदा मैले भो ! मलाई
योचाहिँ चाहिँदैन कहिल्यै भनिनँ, म त्यति असभ्य
मान्छे कहिल्यै बनिनँ । म सबै खालका मान्छेसँग
मजाक गर्थें, हाँस्थेँ, गफ गर्थें, भरपूर रमाइलो गर्थें,
तर म आफ्नो विचारमा अडिग, निष्ठामा अडिग ।
मलाई जति जनाले भेटे कसैले नराम्रो लाग्यो भन्ने
प्रतिक्रिया दिएनन् ।
राजा वीरेन्द्र जीवित हुँदै मलाई 'गोरखा दक्षिण बाहु
चौथा' नामक पदक दिइँदा एक शब्द सोधिएन ।
त्यसवेला सायद कसैलाई पनि सोध्ने चलन थिएन ।
त्यो वेला दरबारवरिपरिका मान्छेले मात्र पहिलो,
दोस्रो, तेस्रो श्रेणीको पदक पाउँथे ।
हामी नागरिकलाई त चौथो, पाँचाँ श्रेणीको दिइएर
चित्त बुझाइन्थ्यो । मेरो उमेर भर्खर उन्नाइस वर्ष
लागेको थियो । किशोर मन आफूले गरेको काम
राम्रो भएबापत पदक दिइँदा खुसी लाग्नु स्वाभाविकै
थियो । सबै साथीले त्यो पाउने घोषणा हुँदा बधाई र
शुभकामना पनि दिए । किनभने यो पाउनुमा मेरो कुनै
आग्रह थिएन, न त दरबारका मान्छेलाई खुसी पार्ने
कामै गरेकी थिएँ मैले । कसरी दिइयो आफैंलाई
अचम्म लाग्यो । पदक दिइने वेलामा बोलाइयो । म
आफ्नो व्यक्तिगत कारणले
त्यो समारोहमा उपस्थित भएर सो लिन सकिनँ,
त्यो त्यहीँ रह्यो । न त तत्कालीन
सरकारका मान्छेले खोजेर दिने काम गरे, न त मैले
खोज्ने काम गरेँ । मेरो कसैले खोजेर दिन्छ ठीक छ,
लिइदिन्छु दिँदैन भने वास्ता, खोजी, निन्दा गर्ने
बानी छैन । जब वीरेन्द्रको वंशविनाश
भयो मान्छेहरूले मलाई
त्यो पदकको सन्दर्भमा नानाथरी प्रश्न गर्न थाले ।
केही पत्रकारलाई समाचार पनि बने । जे-जस्तो भए
पनि समय बित्दै गयो । हप्ता, महिना, वर्ष
ती पटक्कै खोजिएन । जब निरंकुशताले देशलाई
दरोसँग अठ्यायो, तब मैले यसको विरुद्ध विचार दिन
थालेँ अनि खोजी गरियो । सायद
निरंकुशताका मान्छेहरूलाई लागेको थियो होला यसलाई
सम्मानको भोक छ । हामीले सम्मान गरेर दिने
भनेपछि यो पक्कै आउली, तर स्वतन्त्र र
प्रजातन्त्रका पक्षधर मान्छेलाई
त्यो अप्ठ्यारो समयमा सम्मान हुने कुरा मन्जुर
थिएन । मलाई पनि मन्जुर भएन ।
त्यस्तो अप्ठ्यारो समयमा मैले अझै पाउन
नसकेको पदक खोजेर ल्याएर संविधान दिवसको दिन
त्यो समयका विरुद्ध उभिएकाहरूको दलबलसाथ मलाई
भिराएर कलंकित पार्ने योजना रहेछ । कालो दिवस
कालो समय त्यो पनि कालो सभामा गएर
त्यो 'प्रबल गोरखा दक्षिण बाहु' नामको पदक भिरेर
औंसाहरूलाई खुसी बनाएर आफ्नै
टाउकोमा कलंकको छिर्का छर्ने काम गर्ने कुरै थिएन
। यसो गर्न आत्माले मानेन । विचार, विवेक,
विश्वासले केहीले पनि पटक्कै मानेन, म
स्वतन्त्रताको पक्षमा उभिएकी व्यक्ति त्यो दिन
तिनीहरूलाई समर्थन गर्दै आफ्नो आत्मविश्वास र
स्वाभिमान कुल्चिँदै गला थाप्न जान अँ हँ सकिनँ र
गइनँ ।
यता बाबाआमाको दिमागमा भुइँचालो गएको थियो,
डरले सात्तोपुत्लो उडेको थियो । यो असतीले
हाम्रो उठिबास लाउने भई भनेर पुर्पुरोमा हात
राखेका थिए । त्यस दिन भक्कु गाली खाएकी थिएँ
मैले, बूढाबूढीले सबै तीतो ओकले । त्यस दिन म
भात खानु नपर्ने गरी टन्न अघाएँ । मेरो मन-मुटु
चसक्क घोच्दाघोच्दै त्यो छियाछिया भएर
भक्कानिएर आँखाबाट अविरल बगिरह्यो आँसुको भल
अविरल, अविरल ।
त्यस दिन मलाई बाबाआमादेखि साह्रै रिस उठ्यो,
उनीहरूसँग चरचरी बाझ्न मन लाग्यो, चिच्याउन मन
लाग्यो किनभने मैले धेरै सहिसकेकी थिएँ । अब
सीमा नाघेको थियो, ममा अब सहने शक्ति थिएन ।
के गर्नु आवाज थिएन । उफ्, कति अभिशप्त
जिन्दगी ? जिन्दगी त्यतिवेलाचाहिँ साह्रो दुख्यो ।
अतिचारै गरे गर्न पनि बूढाबूढीले गाली । त्यो दिन
रुँदै कान थुनेर बसेकी थिएँ । आस्था र विचार
बचाउनका लागि पनि मैले आँसु नै
बगाउनुपरेको थियो । उमेर पुगेका छोराछोरीलाई
कस्तो संवेदनहीन भएर वचन गरे भने त्यसको चोट
यहाँ शब्दले उतार्न सक्दिनँ म । यो असतीलाई
जन्माएको यही दिन देख्न रहेछ । के गर्नु
यो यहाँ बस्छे भने एक डल्लो भात दिने, यसलाई
वास्तै नगर्ने, यसलाई जहाँ जाओस् जे गरोस्
केही वास्तै नगर्ने भने आफ्नै जन्मदिने साख्यै
आमाबाबाले । उनीहरूलाई त म बसेको पनि धेरै
भएको रहेछ । नाथे एक डल्लो भात दिन कत्रो कष्ट
भएको रहेछ त जस्तो लाग्यो, झनै परेलाका डिलबाट
आँसुको भल बग्न रोकिएन, किन यिनीहरूको एक
डल्लो भात दिँदा यस्तो चित्त दुख्यो ? त्यस दिन
मलाई जिन्दगी साह्रै बोझ लाग्यो ।
बाबाआमाका रगत, पसिनाले बनेको घरमा पनि बस्न
पटक्कै मन लागेन । सायद मेरो आफ्नै रगत, पसिनाले
बनेको घर हुँदो हो त यस्तो अपशब्द, अपमान त
गर्ने हिम्मत गर्दैनथे होला । म आफ्ना लागि आफैं
बाँच्न खोज्ने व्यक्ति मलाई कसैले
स्वाभिमानमाथि यस्तो निकृष्टसँग प्रहार
गरेको कहिल्यै मन पर्दैैनथ्यो । यिनीहरूको रगत,
पसिनामा मात्र म बाँचेकी त थिइनँ । मैले पनि श्रम
गरेर अलिकति पैसा कमाएकी थिएँ । मैले
जति आफ्नो कमाइ घरमा दिए
पनि व्यवहारमा जति भरथेग गरे पनि कहिल्यै छोरीले
दिई र भरथेग भो भनिँदैन । आखिर मैले दिनु
पनि सन्तानले दिनु हो, भाइले दिनु पनि सन्तानले दिनु
हो भन्ने कहिल्यै सोचिएन । किनभने भाइले कमाउन
सकेर दिए बाबाआमा छाती फुलाएर भन्छन् होला,
'छोराको कमाइ खान पाइयो ।' मैले कमाएर
दिँदा कहिल्यै छोरीको कमाइ खान पाइयो भन्दैनन् ।
त्यो कुरालाई जति सक्दो छोपछाप पार्न खोजिन्छ ।
किनभने बाबाआमालाई छोरीको कमाइ खाएँ, लाएँ भन्न
सरम लाग्छ । त्यसको लाज र क्षोभले शिर
निहुरिन्छ । किनभने श्रम र कमाइमा पनि लिंग
हेरिन्छ । कुनै घरमा पनि छोराले कमाएर केही ल्याउनु
पनि स्वाभाविक ठानिन्छ, छोरीले त्यही कमाएर
ल्याउनु सामान्य ठानिँदैन, उसको लिंग हेरेर
यसरी भनिन्छ, 'के ल्याएकी छोरी मान्छेले नानी ?'
मेरी बहिनी मीनाको आइएको भर्खर रिजल्ट
भएको थियो । ऊ परीक्षामा सफल भएकी थिई ।
उसको त्यो सफलतामा खुसीको सीमै थिएन । हुन
पनि हो, मान्छे वर्षौंसम्म गरेको मिहिनेत खेर
नजाँदा साह्रै खुसी हुन्छ । मीना पनि आफूले
परीक्षामा पाएको सफलताबाट यति खुसी थिई ।
हर्षले उसका चम्किला आँखाहरू चमक्क
चम्किएका थिए, उसको गालामा एक खालको चमक
नाचिरहेको थियो । उसका पातला ओठमा मन्द
मुस्कान छाइरहेको थियो ।
मानौँ उसको अंगअंगमा खुसी ओखाइपोखाइ भएर
छरपस्ट भएको थियो । ऊ साँच्चै मज्जाले
रमाएकी थिई । ऊ खुसी हुँदै आफू पास भएको खबर
बाबाआमालाई सुनाई । बाबाले अलिकति खुसी हुँदै
भने, 'गरिछस् जिन्दगी सुधार ।' आमा भने रिसाएर
तीन दिनसम्म उससँग बोलिनन् । त्यही ठाउँमा भाइले
सफलता पाएको भए खुसीले भुइँमा खुट्टा हुने थिएनन्
। आफ्नो सफलतामा आमा रिसाएपछि ऊ
अँध्यारो मुख लाएर मनजिकै छेउमा आएर भनी, 'किन
मेरो खुसीमा ती मनहरू रमाएनन् ?' मैले
उसको आँखाका भाव र अनुहारको भाव पढेँ,
जसमा अधिक खुसीका लहरहरू जम्मै ओइलाएर
झरिसकेका थिए । ऊ आफैंमा निराश थिई, हतास
थिई, तर पनि ऊ भन्दै थिई, 'कोही खुसी भए
पनि नभए पनि मैले आफ्नै लागि पढेकी हुँ ।' मैले
उसलाई भन्न त केही भनिनँ । मनमनै भनेँ स्याबास्
तैंले आफूलाई त चिनिछस्, ती मनहरू खुसी नभए
पनि म त खुसी छु । हो, हाम्रा लागि आकाश समान
छैन, धर्ती समान छैन, हामी जसको कोखबाट बाहिर
निस्किन्छौँ, त्यो कोखले हामीलाई तँ
स्त्री जाति भनेर घृणा गर्छ । हामी जहाँ जन्मिन्छौँ,
हुर्किन्छौँ, बढ्छौँ, त्यही आँगन, त्यही धर्तीको एक
अंश हाम्रो हुँदैन । हामी जुन कुल-वंशका हौँ,
त्यो कुलवंशका हुँदैनौँ । मान्छे भए पनि मान्छे होइनौँ,
म त्यही समानान्तर आकाश र समानान्तर
धर्ती चाहने व्यक्ति, समानान्तर दृष्टिकोण खोज्ने
व्यक्ति त्यो मैले कहिल्यै पाइनँ ।
मसँग आफ्नै आस्था थियो, दृष्टिकोण, हेराइ
पनि आफ्नै, बुझाइ र सोचाइ पनि आफ्नै, म बाँच्न
पनि आपनै तरिकाले बाँच्न चाहने मान्छे,
कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म
मेरै शैलीमा बाँच्न खोजेँ र नै जिन्दगीमा धेरै रोएँ ।
तर, सम्झौता कसैसँग गरिनँ । मैले जिन्दगीमा धेरै
चिज गुमाएँ । ती गुमाएका चिजहरू सायद
मेरा लागि बनेकै थिएनन् । त्यसमा कोमलपन र
नरमपन पनि गुमाएँ म आफैंमा चट्टान बनेँ । मान्छेले
पलपल
पीडा भोगेपछि त्यो पीडा पनि मीठो लाग्दोरहेछ ।
मलाई पनि दुख्नु मीठो लाग्छ, किनभने म
एकैचोटि शीतलताको अनुभूति गर्न सक्दिनँ । कुनै
वेला केही कुराले जिन्दगीलाई घोच्नुपर्छ, त्यसले
दुखेर मान्छेलाई आराम भएपछि मात्र उसले
शीतलताको अनुभूति गर्न सक्छ । कष्टपछि मात्र
मान्छेले आनन्दको अनुभूति गर्न सक्छ ।
मान्छे स्वयंमा पीडा हो किनभने मान्छेले
आफ्नो कारणले पीडा भोग्छ, पीडा ओढ्छ,
पीडा ओछ्याउँछ, पीडा सुत्छ, पीडा उठ्छ, निदाउँछ र
मर्छ पनि, नपत्याए हेर्नुहोस् गोबरेकीरो ! जो बाँच्न
गोबरमा पल्टिन्छ, लडिबडी गर्छ, कहिले गोबर
माथि ऊ मुनि, कहिले गोबर मुनि ऊ माथि हुन्छ ।
उसको जिन्दगी त्यही गोबरसँग खेल्दाखेल्दै चिलिम
भए तापनि त्यहाँ अनन्तकालदेखि सृष्टिले
भोगेको पीडा उसले पनि भोगेको छ । त्यो बाँच्नुको,
जिउनुको पीडा हो । किनभने मर्नभन्दा बाँच्न र जिउन
साह्रै कष्ट छ । मर्नु पनि एउटा सुन्दर कला रे ।
अनि मृत्यु महाआनन्द रे, संसारका केही मान्छे
यसो भन्छन् । तर म ठीक उल्टो भन्छु- 'जिउनु
एउटा सुन्दर कला हो, अनि मृत्यु ?
जिन्दगीको एउटा शाश्वत सत्य । जुन मृत्यु भागेर
होइन, लड्दालड्दै वरण गरियोस् ।'
त्यो हो महाआनन्द या परमानन्द चाहे जे भनेर
बुझौँ । मैले जति धेरै आँसु बगाए, पीडा भोगे
पनि मलाई बाँच्नु सुन्दर लाग्यो ।
त्यही आस्था बचाउनका लागि मैले आँसु धेरै
चुहाउनुपर्यो तर पनि विभेदका पर्खालहरू उभिरहे ।
आँसुले त के गल्थे र ? विचारको घनले दरोसँग
हानेपछि मात्र बल्ल भत्किन थाल्थे, मैले त्यही गरेँ
। आँखाबाट पीडाका नदीहरू बगिरहे बाँच्ने
आस्थामाथि जल मज्जाले पुग्यो । यसो भनौँ जिउने
आस्था आँसु संगै बर्सियो । बर्सिएर आफैंलाई
निथ्रुक्क भिजाएर पनि मेरो बाँच्ने आस्था कहिल्यै
ढलेन र गलेन ।

Advertisement
==================
सूचना!    सूचना!!    सूचना!!!
~~~~~~~~~~~~~~~~
   यस ब्लगका प्रधान सम्पादक तथा बडागाउँ, गुल्मी निवासी Neural Tube Defect ले पिडित अपाङ्ग सालिक राम खत्रीको दयनिय जीवन कथा उनको उपचारार्थ पस्चिमान्चल क्षेत्रको सर्वाधिक लोकप्रिय रेडियो कार्यक्रम 'ओझेलका खबर' को लोकप्रिय स्तम्भ 'जीवनको गोरेटो' मा प्रसारण भएको थियो।
सो कार्यक्रम गुल्मीको रेडियो स्काई लगायत एक दर्जन रेडियो स्टेसन र अनलाइनमा गुल्मी न्युज डट कम लगायतका दर्जनौ वेबसाइट मार्फत प्रसारण भएको थियो
**************
➭ डाउनलोड गरेर सुन्नुहोस्:
Download and listen:
भाग-१ (Part-1) | भाग-२ (Part-2)

➭ युट्युबमा सुन्नुहोस्:
Please listen on YouTube:
सुन्नको लागि यहाँ क्लिक गर्नुहोस।
Click here to listen.
**************
सालिक राम खत्रीको उपचार र सहज जीवन यापनको लागि शब्दाङ्कुर साहित्य सञ्जाल सबै संग सहयोगको याचना गर्दछ। हाम्रो सानो सहयोगले कसैको ज्यान बच्छ र जीवन यापन गर्न सहज हुन्छ भने त्यो भन्दा ठुलो धर्म केहि हुदैन।
सेवा नै धर्म हो।
सहयोग गर्न चाहनुहुन्छ भने तलको बैङ्क खातामा सक्दो आर्थिक सहयोग गर्न सक्नुहुन्छ।

अनुरोधक:
कामना उदास क्षत्री
सम्पादक
शेर्पिनी कान्छी
सह-सम्पादक
पवन महरा
सह-सम्पादक तथा रेडियो प्रतिनिधि
अनलाइन साहित्यिक पत्रिका 'साहित्यिक चौतारी'
प्रकाशक:
शब्दाङ्कुर साहित्य सञ्जाल
गुल्मी, नेपाल।
______________________
सम्पर्क:
सालिक राम खत्री
बडागाउँ-८, गुल्मी, नेपाल।
Emails: salikram2046@gmail.com and jiundosalik@outlook.com
Facebook: Salik Ram
Mob. no.: 9849850782

❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤ ❤
Global IME Bank
Name of Account Holder: Shalikram Khatri
Account no.: 7207010007605
खाता नं.: ७२०७०१०००७६०५
Swift code: GLBBNPKA
__________________

   साहित्यकार झमक घिमिरेको संक्षिप्त जीवनी
     झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे,
धनकुटा )प्रतिभावान नेपाली महिला स्रष्टा हुन ।
प्रति मष्तिस्क रोग( Cerebral palsy )
द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व
कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन ।
जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न
नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन ।
खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३
औलाको सहयोगले धेरै रचना प्रकाशित
गरिसकेकि छिन । औपचारिक शिक्षा पाउन असमर्थ
घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र्
लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास
गरेकि हुन् । उनको २०५३
सालदेखि लेखनमा रुचि बढेको हो । कान्तिपुर र
ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू
पनि छापिन्छन् । झमकले प्रबल गोरखा दक्षिण बाहु,
चौथो लगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त
गरेकी छन् ।
झमक घिमिरे द्वारा लेखिएका पुस्तकहरू
*संकल्प
*आफ्नै चिता अग्निशिखातिर
*मान्छे भित्रका योद्धाहरू
*सम्झनाका बाछिट्टाहरू
*झमक घिमिरेका कविताहरू
*जीवन काँडा कि फूल
*अवसान पछिको आगमन
*क्वाँटी सङ्ग्रह
झमक घिमिरेको बाल्यकाल
२०३७ असार २१ शुक्रबार धनकुटा
को कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र
आमा आशादेवी घिमिरेको छोरीको रूपमा जन्मिएकी
झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो ।
लुला हात गोडा र विकलांग शरीर लिएर 'कति छाक
भोकभोकै बस्ने परिवार'मा जन्मेकी झमकलाई जन्मने
वित्तिकै स्वजनले 'मुर्कुट्टा' भने ।
दशैँमा टीका लाएर उनलाई 'चाँडै मरेस्' भत्रे आसिक
दिए । उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन् ।
सिक्न खोज्दा 'तैले सिकेर के गर्छेस् ?' भने ।
गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै
भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे।
गोलले लेख्दा 'रिन लाग्छ' भनेर गाली खाइन् । अरू
बालकहरू पढेनन् भने कुटाई खान्छन् । उनी पढी भनेर
कुटाई खान्थिन् । कापीकलम माग्दा कुटाई खाइन् ।
उनको 'कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि 'धेरै
नहाँस्' भत्रे आदेशमा विलाउँथ्यो । जोखाना हेर्नेले
सन्तान पिर्छे भने । मान्छेले उनलाई अलच्छिनि भनेर
बाटो छले । पाँच वर्षको हुँदा भात खुवाइ दिने बजू
मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन्।
आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन्
। भोकै, प्यासै, नांगै, अधिकांश
एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर
बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट
देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले
हानिमागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने
जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन् ।
*********************
Go to home. 
Click here to find us on Facebook.